ओलीले सोधेको स्पष्टीकरणविरुद्ध सर्वोच्च जाँदै नेपाल समूह

नेकपा एमालेका बरिष्ट नेता माधवकुमार नेपाल समूह सर्वोच्च जाने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणविरुद्ध नेपाल समूह सर्वोच्च अदालत जाने भएको हो ।

आज बसेको नेपाल समूहको बैठकले अध्यक्ष ओलीले पहिलो चरणमा स्पष्टीकरण सोधेका वरिष्ठ नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावललगायत अदालत जाने भएका हुन् ।

नेपाल समूहका स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेका अनुसार अहिले स्थायी कमिटी बैठक जारी छ । जारी बैठकमा सर्वोच्च जाने विषयमा छलफल भएको र बैठक सकिएपछि अदालत जाने पाण्डेले बताए ।


८ वैशाख २०७८, बुधवार १४:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु