बर्दियामा १७ वर्षीया किशोरी बलात्कृत

बर्दियामा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । मंगलबार बेलुका किशोरीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा बढैयाताल गाउँपालिका–९ टेसनपुर बस्ने ५५ वर्षीय खर्बु थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

खर्बुले ती किशोरीलाई ललाई फकाई जवरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सितला बजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।


८ वैशाख २०७८, बुधवार १४:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु