नेपालगञ्जमा एक सातासम्मको लागि लकडाउन घोषणा

कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि बाँकको नेपालगञ्ज उपमहानगरपालिकामा आज रातिदेखि १५ गतेसम्मको लागि लकडाउन घोषणा गरिएको छ ।

उपमहानगरपालिका क्षेत्रमा आज राति १२ बजेदेखि लागुहुने गरी एक हप्ताको लागि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले लकडाउन घोषणा गरेका हुन् ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि बाँकेमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले बिहीबारदेखि सात दिन लकडाउन गर्न सिफारिश गरेको थियो ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मङ्गलबार बसेको बैठकले वैशाख ९ गतेदेखि एक साताका लागि लकडाउन गर्नुपर्ने सुझाव दिएको थियो ।


८ वैशाख २०७८, बुधवार १४:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु