अत्तरियामा नवजीवन सहकारी संस्थाको भवन शिलान्यास

कैलालीको अत्तरियामा रहेको नवजीवन सहकारी संस्था लिमिटेडको नयाँ भवनको शिलान्यास गरिएको छ । जिल्लाको धनगढीमा प्रधान कार्यालय रही अत्तरियाबाट २०६४ सालदेखि सेवा प्रदान गर्दै आईरहेको संस्थाको अत्तरिया सेवा केन्द्र भवनको शिलान्यास गरिएको हो ।

बुधबार संस्थाका अध्यक्ष चक्र बहादुर सिँह र उपाध्यक्ष गोबिन्दराज जोशीले संयुक्त रुपमा नयाँ भवनको शिलान्यास गरेका हुन ।

शिलान्यास कार्याक्रममा बोल्दै अध्यक्ष सिँहले विगत १३÷१४ वर्षदेखि संस्थाले भाडाँको भवनबाट सेवाग्राहीहरुलाइ सेवा प्रदान गर्दै आईरहेको बताए । संस्थाले आफ्ना सेवाकेन्द्रहरु मध्ये प्रधान कार्यालय सहित ३ वटा सेवाकेन्द्रले आफ्नै भवनबाट सेवा प्रदान गर्दै आईरहेको उनले बताउदै अब अत्तरिया सेवा केन्द्रले पनि भवन निर्माणको कार्य सुरु गरेको बताए ।

संस्थाका केन्द्रिय कार्यालय प्रमुख डम्बर सिँह गुरुका अनुसार सेवाकेन्द्रको सेवा प्रवाहलाई सहज बनाउन संस्थाले सेवाकेन्द्रको आफ्नै भवन निर्माण गरिरहेको हो।


१८ चैत २०७७, बुधवार १५:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु