भारतमा एकैदिन थपिए ६२ हजार कोरोना संक्रमित
भारतमा एकैदिन ६२ कोरोना संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ६२ हजार जना संक्रमित थपिएको बताए ।
कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्र प्रभावित बनेको छ । जहाँ २४ घण्टामा ३६ हजार ९०२ जना संक्रमित थपिएका छन् ।
योसंगै हाल भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १.१९ करोड पुगेको छ। हाल भारतमा कोरोनाको सक्रिय संक्रमित संख्या ४.५२ लाख पुगेको छ ।
ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख नाघेको जनाएको छ । योसँगै ब्राजिल अर्को प्रभावित मुलुक बनेको छ । २४ घन्टामा ब्राजिलमा मात्र तीन हजार भन्दा बढीको मृत्यु भएको छ ।
१४ चैत २०७७, शनिवार १७:४३ बजे प्रकाशित































