punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

म्यानमारमा सैन्य सरकारको कडा दमन, एकैदिन ५० जना बढीको मृत्यु

Chaupati
safha napa

म्यानमारमा सैन्य सरकारले प्रदर्शनकारीमाथि कडा दमन गरिरहेको छ । आज मात्रै कम्तीमा ५० जनामा प्रदर्शनकारी मारिएको सीएनएनले जनाएको छ ।

शनिबार म्यानमारको साङगिङ क्षेत्रको तान्त्से शहरमा हजारौँको संख्यामा प्रदर्शनकारीहरु सडकमा निस्किएका छन्। त्यसैगरी म्यानमारको दोस्रो शहर मण्डालेमा पनि व्यापक प्रदर्शन भएको छ ।

गत फेब्रुअरी १ मा म्यानमारको निर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले सत्ता हातमा लिएपछि त्यसको विरोधमा निरन्तर प्रदर्शन भइरहेको छ । सैन्य कु विरुद्धको प्रदर्शनमा हालसम्म ३५० भन्दा बढीको मृत्यु भइसकेको छ। जसमा कैयौं नाबालक मारिएका छन् ।


१४ चैत २०७७, शनिवार १८:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु