ऋषि कट्टेलले जिते मुद्धा, ओली–प्रचण्डको नेकपा खारेज
ऋषि कट्टेलले जिते मुद्धा,ओली–प्रचण्डको नेकपा खारेज भएको छ ।
न्यायाधीशहरुले बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो ।
आइतबार सर्वोच्च अदालतले प्रम केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
ऋषि कट्टेले अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा ३ जेठ २०७५ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखी निर्वाचन आयोगमा पेश गरेको थियो ।
त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दिएका थिए ।
२३ फागुन २०७७, आइतवार १५:२२ बजे प्रकाशित













