सुनको मूल्य आज फेरि बढ्यो

बजारमा आज सुनको मूल्य फेरि बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ८६ हजार एक सय पुगेको छ ।

सुन गएको शुक्रबार प्रतितोला ८५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत रहेको छ । चाँदी आज पनि प्रतितोला एक हजार दुई सय ५० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।


२३ फागुन २०७७, आइतवार ११:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु