punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अवैध सालका गोलीयासहित चार जना पक्राउ

Chaupati
safha napa

कैलालीको घोडाघोडी नगरपालिका फोरुवाथित घरमा अवैध रुपमा लुकाईछिपाई राखको अवस्थामा राखेको सालको काठसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

अवैध रुपमा सालका गोलीया राख्ने सोही नगरपालिका राजाराम चौधरी, राजकुमार चौधरी, कृष्ण चौधरी र सितल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा अवैध रुपमा लुकाई राखेको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय सुखड र सव डिभिजन वन कार्यालय सुखडको संयुक्त टोलीले सालको ८ गोलीया ९७३.१०९ क्युफिट काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीका लागि वन डिभिजन कार्यालय सुखडमा बुझाएको प्रहरीले बताएको छ।


२२ फागुन २०७७, शनिवार १५:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु