punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

किशोरीलाई आत्मरक्षा तालीम सञ्चालन

Chaupati
safha napa

कैलालीको गौरीगङ्गा नगरपालिकाले किशोरी आत्मरक्षा तालीम सञ्चालन गरेको छ । शुक्रबारदेखि नगरपालिकाकाले तीन माध्यमिक विद्यालयमा एकैसाथ सञ्चालक गरेको गरिरहेको हो ।

तालीमले समाजमा हुने महिला हिंसामा कमी आउनाका साथै महिला तथा किशोरीको आत्मविश्वास बढ्दा उनीहरू समाजका हरेक स्थानमा पहुँच बढाउन सफल हुने भएकाले तालीम आवश्यक रहेको सक्षम छोरी अभियानका सहजकर्ता शिवराज रिमालले बताए ।

नगरपालिका उपप्रमुख अञ्चला चौधरीले किशोरी तथा महिलामाथि नजीकैको वा आफन्तैबाट नजानिँदो पाराले दुव्र्यवहार तथा हिंसा हुने गरेका कारण आत्मरक्षा तालीमले शुुरुमा उनीहरूलाई गलत छुवाइ र त्यस्ता किसिमका हिंसाबाट बच्न सिकाउने बताइन् ।

आत्मरक्षा तालीमबाट किशोरीहरू निकै उत्साहित भएका छन। आफूहरूमाथि समाजमा विभिन्न किसिमका हिंसा हुने गरेकामा तालीमबाट त्यस्ता हिंसाको प्रतिकार गर्न सिकेकाले आफूले आफूलाई सुरक्षित महसुस गरेको सहभागी दिलमाया राना मगरले बताइन् ।


२२ फागुन २०७७, शनिवार १४:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु