नेपालमा १०७ जना कोरोना संंक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जना कोरोना संंक्रमित थपिए छन । पछिल्लो चौबीस घण्टामा ७८ जना सङ्क्रमित निको भएका छन् ।

कोरोना भाइसर कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १०७ जना सङ्क्रमित थपिदा नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ४८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सम्म ७९५ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म दुई लाख ७० हजार ६८३ जना सङ्क्रमित निको भएका छन् ।

पछिल्लो चौबीस घण्टामा शून्य सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल ७९५ जना आइसोलेशनमा र ५७ जना क्वारेन्टिनमा छन् ।

हालसम्म २१ लाख ७९ हजार ४७ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


२० फागुन २०७७, बिहीवार १७:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु