सम्बोधन गर्न विप्लव काठमाडौं आउँदै
सरकारी वार्ता टोली र उनी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको वार्ता टोलीबीच हिजो तीन बुँदे सहमति भएपछि आज हुने सभालाई सम्बोधन गर्न विप्लव काठमाडौं आउँदै गरेका छन्।
सरकारी वार्ता टोली र उनी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको वार्ता टोलीबीच हिजो तीन बुँदे सहमति भएपछि आज हुने सभालाई सम्बोधन गर्न काठमाडौं आउँदै गरेका हुन्।
चितवन प्रहरीले उनलाई आज बिहान सुरक्षा पहरा दिएर काठमाडौं पठाएको छ। तर, त्यहाँका प्रहरी उपरीक्षक (एसपीं) ओमप्रसाद अधिकारीले भने अनविज्ञता प्रकट गर्दै यहाँदेखि काठमाडौं गएको भन्ने जानकारी पाएको मात्रै बताए ।
तर पार्टी संगठनमा दोस्रो वरियताका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, तेस्रो वरियताका धर्मेन्द्र बास्तोला ‘कञ्चन’, चौंथो वरियताका हेमन्तप्रकाश ओली ‘सुदर्शन’, सँगै ओमप्रकाश पुन र माइला लामालगायत दुई हजार एक जना नेता कार्यकर्ता पक्राउ गरेका थिए।
२१ फागुन २०७७, शुक्रवार १२:४४ बजे प्रकाशित













