त्रिविका परीक्षा केन्द्रमा सीसी क्यामेरा राखिने

त्रिभुवन विश्वविद्यालयले आफ्नो परीक्षा केन्द्रमा सीसी क्यामेरा राखिने भएको छ । परीक्षा केन्द्रमा चैत २० गतेभित्र सीसी क्यामेरा जडान गर्न त्रिविको परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको हो ।
सीसी क्यामेरा जडान नगर्ने परीक्षा केन्द्रलाई आगामी दिनमा परीक्षा सञ्चालन गर्न नदिने चेतावनी समेत परीक्षा नियन्त्रण कार्यालय दिएको छ ।

सीसी क्यामेरामा परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका शीलबन्दी गर्ने कक्ष र प्रवेवशद्वारको सम्पूर्ण दृश्य देखिनुपर्ने र कम्तीमा डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने हुनुपर्ने पनि परीक्षा नियन्त्रण कार्यालयको भनाइ छ ।

नियमित परीक्षालाई विश्वसनीय तथा व्यवस्थित बनाउने उद्देश्यले परीक्षा केन्द्रमा सीसी क्यामेरा जडान गर्न निर्देशन दिएको परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।


२० फागुन २०७७, बिहीवार १४:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु