डोटीमा ढुंगा लाग्दा ११ वर्षीया बालिकाको मृत्यु

डोटीमा ढुंगा लाग्दा ११ वर्षीया बालिकाको मृत्यु भएको छ ।

भीर माथिबाट खसेको ढुंगा टाउकामा लागेर सायल गाउँपालिका–१ छपाली पुजारागाउँकी ११ वर्षीया बालिका समीक्षा पुजाराको मृत्यु भएको हो ।

जङ्गलबाट बाख्रा चराएर घर आउदै गरेकी समिक्षाको मंगलवार साँझ टाउकामा ढुंगा लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मृतक बालिकाको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।


१९ फागुन २०७७, बुधवार ११:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु