संस्थापक सदस्य भण्डारीको मृत्युमा कैलाली बहुमुखी क्याम्पसद्वारा शोक विदा
कैलाली बहुमुखी क्याम्पसले बुधबार शोक विदा दिएको छ।
बहुमुखी क्याम्पसका संस्थापक सदस्य तथा बद्रीनाथ भण्डारी जेहेन्दार छात्रवृत्ति कोषका संस्थापक, समाजसेवी एवंम् दानवीर बद्रीनाथ भण्डारीको निधनमा एक दिन आज शोक विदा दिइएको छ । क्याम्पसले एक सूचना जारी गरेर भण्डारीको निदन प्रती दुख व्यक्त गर्दै शोक बिदा दिएको जानकारी गराएको छ ।
क्याम्पस प्रमुख प्राध्यापक डा. पदमराज जोशीले सूचना जारी गर्दै आज एक दिन शोक विदा दिइएको उल्लेख गरेका छन्।
क्याम्पसले दिंवगत आत्म्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा समवेदन पनि दिएको छ।
१९ फागुन २०७७, बुधवार ११:२६ बजे प्रकाशित













