कोरोना संक्रमित प्रदेश सांसद कुँवरलाई काठमाडौं लगियो
कोरोना संक्रमणबाट सिकिस्त भएका सुदूरश्चिम प्रदेश सभा सदस्य तथा अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापति हर्कबहादुर कुँवरलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि हवाई उद्दार गरि काठमाडौं लगिएको हो ।
सेती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि काठमडौंस्थित ग्राण्डी अस्पताल काठमाडौ लगिएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए ।
१८ फागुन २०७७, मंगलवार १८:३६ बजे प्रकाशित












