अछामको चौरपाटी गाउँपालीकामा आयोडिन नुन सम्बन्धी जनचेतना कार्यक्रमको थालनी
आयोडिनको कमि बाट हुने रोग लाई न्युनिकरण गर्न अछामको चौरपाटी गाउँपालीकामा आयोडिन नुन सम्बन्धी चेतनाका कार्यक्रम गर्न थालिएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड धनगढीले अछामको चौरपाटी गाउँपालीकामा एक कार्यक्रमका बीच सो कार्यक्रमको थालनी गरेको हो ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड धनगढीका नायब महाप्रबनधक केशवप्रसाद पाण्डेका अनुसार साल्ट ट्रेडिङ्गको प्राबिधिक सहयोगमा अछाममा आयोडिन नुन सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।
शुक्रवार चौरपाटी गाउँपालीकाको आयोजना र साल्ट ट्रेडिङ्गको प्राबिधिक सहयोगमा यो पालिकामा आयोडिन नुन सम्बन्धी सचेतनाको कार्यक्रम गरिएको उनले जानकरी गराए । राष्ट्रियसभा सदस्य शेरबहादुर कुवँरले आयोडिनको कमीका कारण मानिसमा गलगाड लुलो जस्ता रोग बाट छुटकारा पाउन यसको सेबन अनिवार्य भएको बताए ।
त्यसैगरी राष्ट्रिय योजना आयोगका पूर्व सदस्य बिजय कुवर, नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य रामबहादुर थापा, नेपाली काँग्रेसका गाउँ कार्यसमिती सभापती गणेश शाह, नेपाल पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष भरत शाह, नेपाल पत्रकार महासंघ अछामका अधयक्ष खम्म खत्री, शिक्षक महासंघ अछामका सभापति दिनेश कुवँर लगायतले आयोडिन नुनको बारेमा जानकारी गराए ।
आयोडिन नुनको प्रयोग, महत्व बारेमा कार्यक्रममा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड धनगढीका नायब महाप्रबनधक केशवप्रसाद पाण्डेले बताए ।
चौरपाटी गाँउपालीकाले एक वर्ष अघि नै ढीके नुनमा प्रतिबन्ध लगाई आयोडिन युक्त प्याकेटको नुन मात्र प्रयोमा ल्याएको थियो ।
८ फागुन २०७७, शनिवार ११:२९ बजे प्रकाशित













