हामीसँग न्यायको भोक र प्यास दुबै छ : प्यारालिगलिज्म अभियन्ता

धनगढीमा सामुदायिक नेता प्यारालिगलिज्म अभियन्ता अधिकारकर्मीे तथा विद्यार्थीले विश्व सामाजिक न्याय दिवश मनाएका छन् । हामीसँग न्यायको भोक र प्यास दुबै छ भन्ने नाराका साथ एक कार्यक्रमको आयोजना गरि दिवश मनाइको हो ।

नेपालमा सामुदायिक प्यारालिगलिज्म प्रवद्र्धनका लागि अभियानका अध्यक्ष प्रभाकर बागचन्दले विश्व शान्ति र सुरक्षामा सामाजिक न्याय अपरिहार्य भएको बताए । उनले हामीले न्यायपूर्ण सामाजमा बाँच्ने अभिलाषा राख्नु पर्दछ । मलाई लाग्छ प्यारालिगलहरुसँग न्यायको भोक र प्यास दुबै छ । कानूनद्वारा समाज परिवर्तन गर्ने क्षमता प्यारालिगलहरुले राख्दछन् ।

उनी थप्छन् कानूनको ज्ञान र त्यसको प्रयोग गर्ने माध्यम र वातावरण पाए नागरिकहरु सहि अर्थमा नागरिक हुनेछन् । प्यारालिगलिज्म कानूनद्वारा मानिसको जीवन सरल बनाउने एउटा आन्दोलन हो ।

सो अवसरमा बोल्दै मिडिया उद्यमी तथा प्यारालिगलिज्म अभियन्ता रमा भट्टराईले आगामी दिनमा महिलाहरुलाइ व्यापक प्यारालिगल प्रशिक्षण दिनुपर्ने बताइन् । हामीलाई हाम्रो यस लक्ष्यमा पुग्न नीजि र सार्वजनिक क्षेत्रको सहयोगको आवश्यकता पर्ने बताइन् ।

सिपिसिपिएनका उपाध्यक्ष अमृत विसीले सामाजिक परिवर्तन सोच परिवर्तनको प्रक्रिया रहेको बताए । उनी भन्छन् यसमा प्यारालिगलको ठुलो भूमिका हुन्छ ।

युवा नेता तथा प्यारालिगलिज्म अभियान्ता दिनेश नेपालीले सामाजिक न्याय र वातावरणीय न्यायको गहिरो अन्तर सम्बन्ध रहेको बताए ।

धनगढीमा आयोजित यस कार्यक्रममा मनोसामाजिक परामर्शदाता राजकुमार जैरु, अभियन्ता सरला बिष्ट, निर्मला कुमारी जोशी लगायत विद्यार्थी, समाजसेवी र सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।


८ फागुन २०७७, शनिवार १४:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु