punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भट्टको हत्यापछि आरोपी नै न्यायका लागि भएको प्रदर्शनमा सहभागी हुदै थिए

Chaupati
safha napa

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट २१ माघ बुधबार साँझ घर फर्किइनन् । परिवारले खोजतलासका लागि प्रहरीलाई आग्रह ग¥यो, स्थानीय पनि खोजीमा निस्किए ।

बिहीबार उनको शव सनातन धर्म माध्यमिक विद्यालयबाट घर फर्किने सडकबाट ५० मिटर तल झाडीमा भेटियो । भागरथी प्रकरण कञ्चनपुरको निर्मला प्रकरण जस्तो नहोस् भन्दै स्थानीयले शुक्रबारबाट आन्दोलन र प्रदर्शन थाले । त्यही प्रदर्शनको अग्रपङ्तिमा विद्यालयको कक्षा ११ मा अध्ययनरत १८ वर्षीया दिनेश भट्ट पनि सहभागी थिए ।

तर, भट्टको बलात्कारपछि हत्यामा उनकै संलग्नता पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले अनलाइनखबरलाई बताए । प्रहरीले भट्टलाई जिल्ला प्रहरी कार्यालय, बैतडीमा पत्रकार सम्मेलन गरेर बुधबार दिउँसो ११ बजे सार्वजनिक गर्ने तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका एक अधिकृतका अनुसार घटनामा संलग्न हुनसक्ने आशंकामा भट्टलाई यसअघि पनि बोलाएर सोधपुछ गरिएको थियो । ‘सोधपुछ गरे पनि अन्य व्यक्ति पनि संलग्न हुनसक्ने आधार देखिएकाले तीन जनालाई क्लोज सर्भिलेन्समा राखेका थियौं’, उनले अनलाइनखबरसँग सुनाए, ‘अन्त्यमा सबै वस्तुस्थिति र प्रमाणले भट्ट नै घटनामा संलग्न भएको देखियो ।’

प्रहरी निगरानीमा रहेका व्यक्ति नै प्रदर्शनमा आउन थालेपछि संघर्ष समितिका व्यक्तिसँग आन्दोलनलाई राकिदिन पनि अधिकृतहरुले आग्रह गरेका थिए । अनलाईन खबरवाट साभार

 


५ फागुन २०७७, बुधवार १४:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु