punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकार गठनको तीन वर्ष पूरा, सिंहदरबार परिसरमा विशेष कार्यक्रम

Chaupati
safha napa

प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकार गठन भएको आज तीन वर्ष पुरा भएको छ ।

यसै अवसरमा प्रधानमन्त्री ओलीले एक विशेष कार्यक्रमका साथ तीन बर्षमा गर्दै आएको काम र प्राप्त उपलब्धीकाबारे आज प्रेस ब्रिफिङ गर्दैछन् । ओली आफ्नो सरकारका उपलब्धी पुनःनिर्मित सिंहदरबार परिसरमा कार्यक्रम आयोजना गर्दै सार्वजनिक गर्न लागेका हुन् ।

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि तीन बर्ष पहिले २०७४ साल फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको हो ।

झण्डै दुई तिहाई बहुमत पाएको सरकार गठन भएपछि समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा राखेर पूर्वाधार विकास, सामाजिक न्याय सहित समतामूलक समाज निर्माण एवं आर्थिक क्रान्ति सहित सरकारले नीति तथा कार्यक्रम अघि सारेको थियो ।


३ फागुन २०७७, सोमवार १०:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु