भीरबाट लडेर एकजनाको मृत्यु

भीरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु भएको छ।

जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष महादेव सिंहको बुवाको भीरबाट लडेर मृत्यु भएको हो।

शनिबार मार्मा गाउँपालिकाको लटिनाथमा आयोजित जनयुद्ध दिवसको कार्यक्रमबाट फर्किने क्रममा वडाध्यक्ष डडालका बुवा अन्दाजी ७० वर्षीय नरे डडालको भीरबाट लडेर ज्यान गएको स्थानीयले जानकारी गराए।


२ फागुन २०७७, आइतवार ११:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु