punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोटरसाइकलले ठक्कर दिदा पैदल यात्रीको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरको पुनर्वास नगरपालिकामा सोमबार राति मोटरसाइकलले ठक्कर दिदा एक जना पैदल यात्रीको मृत्यु भएको छ।

जिल्लाको पुनर्वास नपा २ अरनिको वस्तीस्थित कच्ची सडक खण्डमा सोही स्थानका २० वर्षीय सन्जे सुनार चलाएको से ४ प ५५४६ नम्बरको मोटरसाइकले ठक्कर दिदा पैदल यात्रीको मत्यु भएको हो।

मोटरसाइकलको ठक्करले घाइते भएकी सोही स्थानकी ५२ वर्षीया पोदे जोङ तामाङको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले जानकारी गराए।

मृतकको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ। भने मोटरसाइकल चालक सुनार नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।


२७ माघ २०७७, मंगलवार ११:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु