२८ हजार नगदसहित १२ जुवाडे पक्राउ

प्रहरीले काठमाडौं महानगरपालिका–९, सिनामंगलबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । तास खेलिरहेको अवस्थामा उनीहरुबाट प्रहरीले नगद २८ हजार ११० रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको जनाएको छ ।


२१ माघ २०७७, बुधवार १५:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु