punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मालपोतका नासुसहित दुईजना अख्तियारको नियन्त्रणमा

Chaupati
safha napa

सर्लाही मालपोत कार्यालयका नायब सुब्बा बेदनिधी बराल र लेखापढी व्यवसायी रामसुन्दर महतोलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

ना.सु. बराल र महतोले जग्गाधनी दर्ता प्रमाण पत्र (लालपुर्जा) मा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको उजुरीको आधारमा अख्तियारले रकम सहित नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा ना.सु. बरालले महतोको माध्यमबाट सेवाग्राहीलाई बाध्य तुल्याई ११ हजार रुपैयाँ लिएको पृष्टि भएको थियो ।

उनीहरुमाथि कानुन बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दाय गरेको अख्तियारका नवनियुक्त प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।


२१ माघ २०७७, बुधवार १५:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु