punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

Chaupati
safha napa

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

उप–महानगरपालिकाको वडा नम्बर ६ स्थित मटियारीमा सुपप्र ०१००९प ९१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी वडा नम्बर ६ का १८ वर्षीय रोहित रानाको मृत्यु भएको हो।

३ जना सवार रहेको मोटरसाइकल आफै दुर्घटना हुँदा रानासहित अन्य २ जना पनि घाइते भएका थिए। घाइते रानाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनसार दुर्घटनामा परी घाइते भएका धनगढीकै १९ वर्षीय कृष्ण राना र मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ का १९ वर्षीय मिलेन्द्र सिंह रानाको उपचार भइरहेको जानकारी गराए ।


१८ माघ २०७७, आइतवार १७:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु