प्रजिअद्वारा मालपोत र नापी कार्यालयमा छड्के अनुगमन
?
मालपोत र नापी कार्यालयमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले छड्के अनुगमन गरिएको छ।आइतबार प्रमुख जिल्ला अधिकारी महतोद्वारा महेन्द्रनगरमा रहेका मालपोत कार्यालय र नापी कार्यालयमा छड्के अनुगमन गरिएको हो।
अनुगमनका क्रममा ती कार्यालयका केही कर्मचारीहरु पूर्व स्वीकृती नलिएरै अनुपस्थित रहेको, कार्यालयमा उपस्थितमध्ये अधिकांश कर्मचारीहरुले कार्यालय पोशाक नलगाएको र केही कर्मचारीहरुले भोलिपल्टको हाजिर समेत लगाइसकेको पाइएको उनले बताए ।
सरकारी कार्यालयहरुको सेवा प्रवाह चुस्त बनाउने उद्देश्यले ती कार्यालयका कर्मचारीको आचरण, अनुशासन र सेवा प्रवाह सम्बन्धी छड्के अनुगमन गरिएको जानकारी दिएको छ।
१८ माघ २०७७, आइतवार १७:०४ बजे प्रकाशित













