पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन अनेरास्ववियुले ज्ञापनपत्र बुझायो

डडेल्धुरा पेट्रोलियम तथा खाद्य पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै अनेरास्ववियु डडेल्धुराले नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुरामार्फत अनेरास्ववियुले नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो । अनेरास्ववियुका जिल्ला अध्यक्ष सन्तोष भट्टले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए ।

कोरोना महामारीका कारण जनतालाई गाँस, बास र कपासको समस्या भएको बेला सरकारले अत्यावश्यकीय वस्तुको मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै ज्ञापनपत्रमार्फत मूल्य वृद्धि फिर्ता लिन माग गरिएको छ ।


७ माघ २०७७, बुधवार १५:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु