नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको दावी गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो सातामा मात्रै विश्वका १० देशमा पुगेको हो । संगठनले महामारीको नयाँ स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको बताएको छ ।

विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ सङ्क्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गएको बताइएको छ । संगठनका अनुसार पछिल्लो एक सातामा मात्र कोरोना संक्रमणबाट करिब ९३ हजार जनाको ज्यान गएको छ ।

तर त्यसमा यो नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन । गएको सात दिनमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख सङ्क्रमित थपिएका छन् । पछिल्लो समय युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ । युरोपेली युनियनले पछिल्लो तथ्यांकमा भनेको छ कि आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशहरुका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने भएको छ । एजेन्सीको सहयोगबाट


७ माघ २०७७, बुधवार १३:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु