punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राजतन्त्रको अपमान गरेको आरोपमा एक महिलालाई ४३ वर्ष कैद सजाय

Chaupati
safha napa

राजपरिवारको आलोचना गरेको आरोपमा थाईल्यान्डमा एक महिलालाई ४३ वर्षको कैद सजाय सुनाइएको छ। आन्चन भनेर चिनिने ६३ वर्षीया ती पूर्वप्रशासक महिलाले सामाजिक सञ्जालमा एउटा अडिओ पोडकास्टका क्लीपहररु सेयर गरेकी थिइन्।

उनले सन् २०१४ र २०१५ को बीचमा युट्युब तथा फेसबुकमा ती क्लीपहरू सेयर गरेकी थिइन् । सुरुमा उनलाई ८७ वर्षको कैद सजाय सुनाइएको थियो। तर उनले दोष स्वीकारेकोले सजाय आधा घटाइएको बीबीसीले जनाएको छ ।

सन् २०१४ मा सेनाले सत्ता कब्जा गरेपछि राजतन्त्रको अपमान गरेको मुद्दा खेप्ने १४ जनाको समूहमध्ये उनी पनि पर्छिन्। उनीहरुमाथि विभिन्न २९ आरोप लगाइएको छ । राजतन्त्रको अपमान गरेको आरोपमा थाईल्यान्डमा सुनाइएको यो सबैभन्दा कडा सजाय हो।

उनीहरूविरुद्धको मुद्दा बन्द इजलासमा चलेको थियो । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै उनीहरूविरुद्धको (प्रमाण) समेत गोप्य नै राखिएको समाचारमा जनाइएको छ । बीबीसी


७ माघ २०७७, बुधवार १४:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु