punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा बेपत्ता भएकी महिलाको साइकल मात्र फेला

Chaupati
safha napa

कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै साइकलमा हिँडेकी पाण्डेय राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी कार्य जारी रहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले परिवारबाट महिला हराएको खबर पाउनासाथ प्रहरी टोली खोजीमा जुटिरहेको जानकारी गराए । “खोज्दै जाँदा महिलाको साइकल भीमदत्त नगरपालिका वडा नम्बर ९ मा भेटिएको उनले बताए ।

“महिलाको खोजी भइरहेको छ भने बेपत्ता महिलाको मोबाइल फोन स्वीचअफ रहेको प्रहरीले बताएको छ । बेपत्ता पाण्डेयका श्रीमान् नेपाली सेनामा छन् ।


७ माघ २०७७, बुधवार १२:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु