Hotel Flora Long Ad

मार्तडीमा ६ महिनापछि बस पुग्यो

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा ६ महिना पछि बस सेवा सुचारु भएको छ । साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको करिव ६ महिना पछि सदरमुकाम मार्तडीमा बुधबारबाट ३ वटा बस पुगेका छन् । साँफे–मार्तडी सडक खण्ड अन्तरगत बार्जुगाड, ताँप्रीसेरा, बल्दे, दवारी, तिपाडा, ओलेना र पानीनाउला सम्मको भत्केको सडकमा बस सेवा सूचारु हुने गरी सडक विभागले सडक निर्माण गरेपछि मंगलबार मार्तडीमा ३ वटा बस पुगेका हुन् ।

गत साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढीले जडाङ्गामा रहेको बेलिवृज बगाएपछि मार्तडी सम्मको बस सेवा करिव ६ महिनासम्म बन्द भएको थियो । मार्तडी बस काउन्टर ईन्चार्ज जीवन थापाले जयमालिका, भेरी र पवनदुत यातायातका ३ वटा बस यात्रु सहित ल्याएर मार्तडी पुगेको जानकारी गराए ।

जडाङ्गामा बनाईएको अस्थायी काठे पुलमा जोखिम मोलेर बसहरु मार्तडी पु¥र्याईएको उनले बताए। बल्देदवारी सडकको स्तरोन्नति र जडाङ्गा नदिमा बन्ने बेलिव्रिज छिटो निर्माण गर्न सकेमा मार्तडी सम्म नियमित बस सेवा सूचारु गर्न सकिने यातायात व्यवसायीहरुको भनाई रहेको छ ।

लामो समयपछि सदरमुकाम मार्तडीबाटै बसमा यात्रा गर्न पाउने भएका छन यसबाट स्थानीयबासीहरु खुसी भएका छन् । स्थानीय टेक बडुवालले भने यस अघि धनगढी सम्म जान ३ वटा गाडीहरु फेरेर फरक फरक भाडा तिरेर जानु पर्ने बाध्यता थियो अव सिधै मार्तडीबाट बसमा धनगढी, महेन्द्रनगर, काठमाण्डौ र नेपालगन्ज जान पाइने बताए ।
बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बाजुरा बासीका लागि सदरमुकाम मार्तडीबाटै नियमित बस सेवा संचालनका लागि सम्वन्धित निकाय संग पहल गरिरहेको बताएका छन् । गत साउन २५ गतेको बाढीका कारण जडाङ्गामा रहेको बेलिवृज बगाएको करिव साढे ४ महिनापछि उक्त ठाउँमा नयाँ बेलिवृज निर्माणका लागि सडक डिभिजन कार्यालयले १ करोड ८८ लाखको ठेक्का खोलेर बेलिवृज निर्माणको काम भईरहेको सडक डिभिजन कार्यालय साँफेबगरले जनाएको छ ।

करिव २३ वर्षपछि सदरमुकाम मार्तडीसम्म पक्की बनेको सडक वर्षातमा सडक माथि र तलबाट खसेको पहिरोका कारण तहसनहस भई विग्रेको छ । जसका कारण वर्षातमा करिव ३ देखि ४ महिनासम्म सदरमुकाम मार्तडी सम्मको सडकमा नियमित बस सेवा जहिल्यै अवरुद्ध हुने गरेको छ । बाढीकै कारण जडाङ्गाको बेलिब्रिज सँगै झोलङ्गे पुल र खेतियोग्य जमिन समेत बगाएको थियो ।


७ माघ २०७७, बुधवार १२:२४ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु