punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रेम आलेले काठ तस्करी गरेर काठमाडौँमा घर बनाए : मन्त्री भट्ट

Chaupati
safha napa

धनगढीः सुदूरपश्चिम प्रदेशकी उद्योग पर्यटन वन तथा वातावरणी मन्त्री माया भट्टले संघीय वन तथा वातावरण मन्त्री प्रेम आले काठ तस्कर भएको आरोप लगाएकी छन।

प्राइम टाइम टेलिभिजनको प्राइम इस्यु कार्यक्रममा बोल्दै मन्त्री भट्टले काम चलाउ सरकारका वन तथा वातावरण मन्त्री प्रेम आलेमाथि काठ तस्करी गरेर धनगढी र काठमाडौँमा घर निर्माण गरेको आरोप लगाएकी हुन्।

‘प्रेम आले संविधानको धज्जी उडाएर असंवैधानिक तबरले केपी ओलीले टीका लगाइदिएपछि मन्त्री भएको मन्त्री भट्टले बताईन । उनले अन्तवार्तामा भनेकी छन्, जनताले उनलाइ मानेका छैनन्। प्रेम आले भनेको काठको तस्कर हो। काठ तस्करी गरेर धनगढीमा घर बनाएको छ। काठमाडौँको कोटेश्वरमा घर बनाएको छ।’

आलेले आफूमाथि दोषारोपण गर्नुको कुनै अर्थ नभएको समेत उनले बताएकी छन्। आले कम्युनिष्ट नै नभएको उल्लेख गर्दै ओलीले सुदूरपश्चिममा हमला गर भनेर पठाएको दाबी समेत गरेकी छन्।

‘केपी ओलीले प्रेम आलेलाइ सुदूरपश्चिममा हमला गर भनेर पठाएका छन्,’ मन्त्री भट्टले भनेकी छन् । स्वाभिमान र राष्ट्रियताको पक्षमा बोल्ने व्यक्तीमाथि जाइ लाग भनेकाले प्रेम आले उग्र भएर सुदूरपश्चिम प्रदेशमा गएको छ।’


७ माघ २०७७, बुधवार १३:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु