punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अज्ञात स्थलबाट थारु नेताको चेनावनी, ‘अब अन्तिम विद्रोह हुन्छ’

Chaupati
safha napa

टीकापुर घटना प्रकरणमा उच्च अदालतको फैसलाबाट दोषी ठहर भएका थारु नेता लक्ष्मण थारुले अब न्यायका लागि अन्तिम विद्रोहको तयारीमा रहेको चेतावनी दिएका छन् ।

शनिबार अज्ञातस्थलमा पत्रकार सम्मेलन गर्दै उनले थारु समुदायको न्यायका लागि अन्तिम विद्रोहको तयारी भइरहेको बताएका हुन् । उनले कानुनी अधिकार प्रयोग गर्दै उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालमा जाने र सडकमार्फत पनि विद्रोह गर्ने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट फैसला लेखर उच्च अदालत पठाएकोसमेत दाबी गरेका छन् । न्याय र अधिकारका लागि भएको आन्दोलनलाई राजनीतिक रुपमा सम्बोधन गरिनुपर्ने उनको भनाई छ ।

साथै उनले अहिले संसद विघटन गरेर ओलीले बेइमानी गरेको आरोपसमेत लगाएका छन् । जिल्ला अदालत कैलालीको आदेशपछि तीन बर्ष कैद भुक्तान गरेर रिहा भएका थारु उच्च अदालतको जन्मकैदको फैसला सुनाएपछि भूमिगत बनेका छन् ।


३ माघ २०७७, शनिवार १७:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु