माघ १ गते सार्वजनिक बिदा
सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा जानकारी दिएका छन् ।
बैठकले आजैदेखि राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
२६ पुस २०७७, आइतवार १४:४० बजे प्रकाशित































