Hotel Flora Long Ad

साताको पहिलो ह्वात्तै घट्यो सुनको मूल्य, कति छ ?

बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । साताको पहिलो आज सुन तोलामा दुई हजार तीन सय रुपैयाँ घट्दै प्रतितोला ९३ हजारमा झरेको छ ।

सुन गएको शुक्रबार प्रतितोला ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय ७० मा झरेको सछ । चाँदी शुक्रबार प्रतितोला एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


२६ पुस २०७७, आइतवार ११:०९ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु