थप ४०९ जनामा कोरोना पुष्टि, ४९५ डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा थप ४०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४९५ जना संक्रमित कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो अवधिमा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८९९ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ ।
कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ । हाल सक्रिय सङ्क्रमितको संख्या ५ हजार १३३ रहेको छ ।
२२ पुस २०७७, बुधवार १७:१६ बजे प्रकाशित






























