धनगढीमा चार वर्षीया बालिका भारतीयबाट बलात्कृत
धनगढीमा एक चार वर्षीया बालिका बलात्कृत भएकी छन् । धनगढी उपमहानगरपालिका–९ घुईयाँघाटकी ती बालिकालाई भारतको उत्तरप्रदेशका १९ वर्षका रविकुमार कोरीले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कार आरोपमा कैलाली प्रहरीले कोरीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । पीडित बालिकाका आफन्तले कोरीमाथि बलात्कार आरोप लगाउँदै मुद्दा दायर गरेपछि उनलाई पक्राउ गरिएका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए ।
भारतीय युवक मामा घर आएको बेला छिमेकमै बस्ने बालिकामाथि बलात्कार गरेको बुझिाएको छ ।
२२ पुस २०७७, बुधवार १४:०६ बजे प्रकाशित













