मेलम्चीको पानी चैत्रमा उपत्यकाभित्र

उपत्यकामा मेलम्चीको पानी आउने चर्चा आजभन्दा तीन दशक पहिलाकै हो । मेलम्ची आयोजना अघि बढाउने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधन भएको नै एक दशक भइसक्यो ।

मेलम्चीको पानी काठमाडौं भित्रिने मिति निकै पटक तोकिइसकेको छ । फेरि मेलम्चीको पानी आउने नयाँ मिति तोकिएको छ । मेलम्ची खानेपानी विकास समितिले आगामी चैत्रमा मेलम्चीको पानी काठमाडौं भित्रिने आश्वासन दिएको छ । अबको चैत्रमा मेलम्चीको पानी उपत्यकामा आउने दावी गरेको समितिका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए।

जर्मनीबाट आएका प्राविधिकले आयोजनाको निरीक्षण गरेको र डिजाइन तथा सम्पूर्ण रिपोर्टमा समेत अध्ययन भइसकेकाले अब पानी भित्र्याउन प्रतिवेदन अध्ययन हुन बाँकी रहेको पन्तले जानकारी गराए ।

सो प्रतिवेदनका आधारमा खप्राविधिज्ञ र ठेकेदार कम्पनीबीच छलफलपछि सुरुङमा पानी राखिने कार्यक्रम रहेको उनले बताए । पानी राखेपछि काठमाडौंमा वितरण गर्ने अवस्थासम्म पुग्न २ महिना लाग्ने उनले बताए ।

९९ प्रतिशत काम सम्पन्न भएको समितिले जनाए। हेलम्बुको अम्बाथानस्थित मुहानमा बाँध निर्माणको काम जारी रहेको र पुलसमेत बनाउनुपर्ने भएकाले समय लाग्ने आयोजनाले जनाएको
छ । यस आयोजनाबाट दैनिक १७ करोड लिटर पानी उपत्यका भित्रिने जानकारी गराए।


१८ पुस २०७७, शनिवार १३:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु