punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा सुदूरपश्चिम संसदीय दलको बैठकको निर्णयप्रति ओली पक्षको विरोध

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश सभाको नेकपा संसदीय दलको बैठकले गरेको निर्णयप्रति प्रधानमन्त्री ओली पक्षीय सांसदलहरुले विरोध जनाएका छन् ।

बैठकमा सहभागी ओली पक्षका ६ जना प्रदेश सांसदले बैठकको तीन बुँदे निर्णयमा हस्ताक्षर गर्न इन्कार गरे । प्रतिनिधि सभा विघटनको विरोधमा निर्णयहरु ल्याएपछि उनीहरुले हस्ताक्षर नगरेको ओली पक्षीय सांसदहरुले बताएका छन् ।

ओली पक्षका पूर्व भौतिक पूर्वाधार मन्त्री समेत रहेका पठान सिंह बोहरा, लिलाधर भट्ट, गेल्बु बोहरा, महेशदत्त जोशी, नेपालु चौधरी र रतन थापाले हस्ताक्षर नगरेका हुन्।

३६ जना सांसद सहभागी रहेको बैठकमा ३० जनाले हस्ताक्षर गरेको बताइएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षमा शनिबार बसेको बैठकमा नेकपा प्रदेश इन्चार्ज भीम रावल पनि सहभागी थिए ।


१८ पुस २०७७, शनिवार १५:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु