राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण
संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय सभाको अधिवेशनको अघिल्लो दिन बिहीबार ४१ सांसदसहित ९७ जनाको कोरोना परीक्षण गरिएकोमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
राष्ट्रिय सभाको अधिवेशन आज साँझ ४ बजेदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शुक्रबार ४ बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी थिइन् ।
१७ पुस २०७७, शुक्रवार १४:२८ बजे प्रकाशित































