धनगढी प्रयोगशालामा थप ४८ जनामा कोरोना संक्रमण

धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज ४ सय ४६ नमूना परीक्षण गर्दा सुदूरपश्चिम प्रदेशमा थप ४८ जनामा संक्रमण पुष्टि भएको छ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका १६ जनामा संक्रमण देखिएको जानकारी दिए।

यस्तै कैलालीकै गोदावरी नगरपालिकाका १० जना र गौरीगंगा नगरपालिकाका २ जनामा समेत कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ जना, यस्तै बेदकोट नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका ३÷३ जना, बेल्डाँडी गाउँपालिकाका १ जना, बाजुराको बडिमालिका गरपालिकाका ८ जना र डडेल्धुराको अमरगढी नगरपालिकाका १ जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी गराए।


१६ पुस २०७७, बिहीवार १६:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु