ट्रकको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु

गुल्मीमा ट्रकको ठक्करबाट दुई जना पैदल यात्रीको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा रेसुंगा नगरपालिका १३ का २३ वर्षका बालकृष्ण भुजेल र २४ वर्षका टोपबहादुर रजाली रहेको जिला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । तम्घास जाँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुंगा नगरपालिका १३ मसिने खोलामा उनीहरूलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए।

ठक्कर दिने ट्रक र चालक गोपाल टण्डनलाई पक्राउ गरिएको उनले बताए ।

 


१२ पुस २०७७, आइतवार ०९:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु