punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु

Chaupati
safha napa

काठमाडौंको चाबहिलस्थित धोबीखोला पुलबाट मोटरसाइकल खोलामा खस्दा एकजनाको मृत्यु भएको छ ।

बा२६प ४०२१ नम्बरको मोटरसाइकल पुलबाट खस्दा मोटरसाइकल चालक सिन्धुलीको दुधौली-५ घर भई कपनमा बस्दै आएका २७ वर्षीय लोकबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुडिरहेको मोटरसाइकल शनिबार राति सवा नौ बजे पुलबाट धोबीखोलामा खसेको थियो । गम्भीर घाइते भएका श्रेष्ठको नेपाल-भारत अस्पताल चाबहिलमा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।


१२ पुस २०७७, आइतवार ०९:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु