punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बालकको मृत्यु भएको घटनालाई लिएर केआईसिंह राजमार्ग बन्द

Chaupati
safha napa

कारको ठक्करबाट बालकको मृत्यु भएको घटनालाई लिएर आफन्तले डाक्टर केआईसिंह राजमार्ग बन्द गरेका छन् ।

बिहीबार राति डोटीको शिखर नगरपालिका वडा नम्बर ६ तल्कोटमा कारको ठक्करबाट ८ वर्षका बालक गोरख बलायरको मृत्यु भएको घटनालाई लिएर आफन्तले डडेल्धुराको स्याउले र डोटीको दिपायल जोड्ने डाक्टर केआईसिंह राजमार्ग बन्द गरेका हुन् । उनीहरुले मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् ।

बाटो बन्द भएपछि गाडी तथा यात्रु शिखर नगरपालिकावडा नम्बर ६ तल्कोटमा अलपत्र परेका छन् । राजमार्ग खुलाउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले जानकारी गराउनुभयो । बालकलाई ठक्कर दिने से १ त १००९ नम्बरको कार चालक कैलाली धनगढी उपमहानगरपालिका वडा नमबर १ का माधव गिरीलाई प्रहरीले नियन्त्रणमा लिएका छन ।


११ पुस २०७७, शनिवार १३:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु