punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वेदकोट नगरपालिका एक हप्ताको लागि बन्द

Chaupati
safha napa

कञ्चनपुरको वेदकोट नगरपालिकामा स्थानीयहरुलाई कोरोना संक्रमण देखिएपछि कार्यालय एक हप्ताको लागि बन्द गरिएको छ ।

कार्यालयमा कार्यरत केही कर्मचारी तथा वडा नम्बर ९ लगायत नगरका विभिन्न स्थानमा गरिएको पिसिआर परिक्षणले स्थानीयहरुमा पनि कोरोना पोजेटिभ देखिएकाले कार्यालयलाई एक हप्ताको लागि बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत पदम राज भटटले जानकारी दिएका छन ।

पौष १२ गते देखी १८ गते सम्म कार्यालयबाट प्रवाह हुने अत्यावस्यक सेवा वाहेकका अन्य सेवाहरु बन्द गरिएको उनले जानकारी दिए। विगतमा प्रकाशित सुचना वमोजिमको कर्मचारी भर्ना सम्बन्धि आवेदन दर्ता, भर्ना प्रक्रिया, ठेक्का खरिद एवम दर्ता सम्बन्धि कार्य संचालन रहने कार्यालयले जनाएको छ ।


११ पुस २०७७, शनिवार १३:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु