punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कर्मचारी अभावमा इलाका प्रशासनका सेवा बन्द

Chaupati
safha napa

बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयका कर्मचारीको अभाव हुँदा सेवाहरु बन्द भएका छन् ।

इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाहरु बन्द भएका हुन् । बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले गत भदौ महिनादेखि कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या भएकोले बन्द गरिएको बताए । उनका अनुसार “इलाका प्रशासन कार्यालयमा गएको पाँच महिनायता शाखा अधिकृत नहुँदा नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिसलगायत सबै काम रोकिएका छन् ।”

कार्यालयमा एक शाखा अधिकृत, दुई नायब सुब्बा, एक सहलेखापाल, एक सहायक कम्प्युटर अपरेटर र दुईजना कार्यालय सहयोगीको दरबन्दी रहेको इलाका प्रशासन कार्यालयमा अहिले एक नायब सुब्बा र एकजना कार्यालय सहयोगी मात्रै रहेका उने जानकारी गराए ।

दुर्गम क्षेत्रका नागरिकलाई गाउँघरमै सेवा दिने उद्देश्यले स्थापना गरिएको इलाका प्रशासन कार्यालयमा कर्मचारीको अभाव हुँदा पुर्चौंडीका नागरिकले पनि नेपाली नागरिकताको प्रमाणपत्र र सिफारिसलगायत कामका लागि फेरि सदरमुकाम नै पुग्नुपर्ने बाध्यता भएको उनले बताए ।

कर्मचारी नहुँदा इलाका प्रशासनमा उपलब्ध हुने सेवा लिनकै लागि सदरमुकाम पुग्नुपर्दा सेवाग्राहीलाई समस्या भएको अनिरुद्र जोशीले जानकारी दिए। उनले भने, “नगरपालिकाभित्रैको कार्यालयमा कर्मचारीको अभाव हुँदा पुर्चौंडीवासीले सदरमुकाम धाउनु परेको छ ।”

इलाका प्रशासन कार्यालयमा कर्मचारीको पदपूर्तिका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको भए पनि अहिलेसम्म कर्मचारी नआएका सहायक प्रजिअ नेगीले बताए। उनले भने, “जिल्ला प्रशासनमै कर्मचारी अभाव छ, जिल्लाबाट पनि कर्मचारी पठाउन सकिएको छैन ।” २०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालयमा पटकपटक कर्मचारीको अभावले सेवा प्रभावित हुँदै आएको छ ।


११ पुस २०७७, शनिवार १२:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु