कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा अबैध सामान बरामद
कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा अबैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेड क्वाटर शैलेश्वरी कन्चनपुरबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याएर रहेको बेवारिसे अवस्थामा छोडेको कपडा र चुरा बरामद गरेको हो ।
सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले सीमा क्षेत्रबाट चुरा, तयारी कपडा र काठ गरी १ लाख ३५ हजार ९ सय बराबरको समान बरामद गरिएको बताए । बरामद गरिएको सामान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले जानकारी दिए ।
७ पुस २०७७, मंगलवार १२:०४ बजे प्रकाशित































