punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दुई एसपी र एक इन्स्पेक्टर निलम्बित

Chaupati
safha napa

नेपाल प्रहरीका २ जना वरिष्ठ अधिकृत निलम्बनमा परेका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको अभियोगमा प्रहरी प्रधान कार्यालय, नक्सालले दुई जना प्रहरी उपरीक्षक (एसपी) लाई निलम्बन गरेको हो ।​

एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई हिजो निलम्बन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी गराए। त्यसैगरी प्रहरी निरीक्षक मेघराज प्रसाद चौरसियालाई निलम्बन गरेको छ।

उनले निलम्बन गरेर छानविन थालिएको पनि जानकारी गराए। उनले भने ‘छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकारको नेतृत्वमा छानविन समिति बनेको बताए ।’ े


१७ मंसिर २०७७, बुधवार १३:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु