दोधारा चाँदनीको झोलुङ्गे पुल भाँचियाे

कञ्चनपुर। महाकाली नदीमाथि रहेको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल भाँचिएपछि आवागमन अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमाथि रहेको झोलुङ्गे पुलको दोधारा चाँदनीतर्फको करिब ५/६ मिटर भाग माथि उठेको थियो। त्यसका कारण पुलबाट आवतजावतमा समस्या भइरहेको अवस्थामा पुलको पिल्लरसमेत भत्किएपछि पुल क्षतिग्रस्त भई बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो।

पुल भाँचिएपछि उक्त मार्ग हुँदै आवतजावत गर्ने सर्वसाधारण प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार क्षतिग्रस्त पुलको मर्मत तथा आवागमन पुनः सञ्चालनका लागि सम्बन्धित निकायबाट आवश्यक पहल भइरहेको छ।

पुलको मर्मत तथा पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।


१४ असोज २०८३, बुधवार ०९:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु