कार र टिप्पर ठोक्किदा कैलालीमा ४ जना घाइते
कार र टिप्पर एकआपसमा ठोक्किदा कैलालीमा ४ जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ सशस्त्र बाहिनी अगाडी बा १४ च ७२७८ नम्बरको कार र से १ क १००२८ नम्बरको टिप्पर एकआपसमा ठोक्किदा ४ जना घाइते भएकोजिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी गराए।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको कार र विपरीत दिशाबाट आइरहेको टिप्पर ठोक्किदा कार चालक काठमाडौँको शंकरापुरका ४१ वर्षीय बिद्यमान श्रेष्ठ सहितका ४ जना घाइते भएको उनले बताए ।
काठमाडौँकै लैनचौर बस्ने ३६ वर्षीय बिक्रम महर्जन, काभ्रेको बनेपा बस्ने ३२ वर्षीय हरीगोपाल श्रेष्ठ र बीरगञ्जका २८ वर्षीय अविरन्द चौरसिया घाइते भएका हुन ।
उनीहरु मध्ये चौरसियाको अवस्था गम्भीर छ। घाइते सबैको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको उनले जानकारी गराए ।
टिप्पर र चालक दिनेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतिले नियन्त्रणमा लिएको छ।
१६ मंसिर २०७७, मंगलवार १३:३१ बजे प्रकाशित































